सेनाको हेलिकोप्टरमा दाङ पुगे प्रधानमन्त्री ओली

Machchapuchchre Bank

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर अघि दाङ पुगेका छन् । उनी नेपाली सेनाको हेलिकोप्टरमा लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी गएका हुन् । प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेश मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए । उनले केहीबेरमा लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्नुहुने प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए। प्रधानमन्त्री ओलीले प्रदेशसभा बैठकलाई विशेष सम्बोधनपछि घोराहीमा नेकपा (एमाले) दाङले आयोजना गरेकोे सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमपछि उहाँले टरिगाउँ विमानस्थलको निरीक्षण तथा अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्