एकताबद्ध भएर मेहनत गर्ने हो भने २०८४ को निर्वाचन माओवादीमय हुने

Machchapuchchre Bank

Artharajniti  ~  २०८४ को आम निर्वाचनमा नेकपा (माओवादी केन्द्र) संसदीय राजनीतिमा आएको २० वर्ष पूरा हुँदैछ । १० वर्ष लामो सशस्त्र युद्ध त्यागेर माओवादीले २०६४ को संविधान सभा निर्वाचनमा भाग लिएको थियो । त्यतिबेला ६०१ मध्ये २३८ सिट जितेर माओवादी सबैभन्दा ठुलो दल बनेको थियो । त्यो वैभव आगामी निर्वाचनमार्फत फर्काउने महाअभियानमा माओवादी लागेको देखिन्छ । अध्यक्ष प्रचण्डले २०८४ को निर्वाचन माओवादीको हुने दाबी गर्दै आएका छन् । गत हप्ता अनेरास्ववियू क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ तथा पदभार ग्रहण कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘२०६४ मा यस्तै उभार थियो । नेतृत्व जता गयो, उतै छुन खोज्ने, बोल्न खोज्ने अवस्था थियो, जनतामा ठुलो आकर्षण थियो । अहिले त्यस्तै देखिएको छ ।’ एकताबद्ध भएर अलि मेहनत गर्ने हो भने २०८४ को निर्वाचन माओवादीमय हुने दाबी गर्दै उनले यसलाई कसैले रोकेर रोक्न नसक्ने बताएका थिए ।

२०७९ को निर्वाचनसम्म आइपुग्दा ३२ सिटमा खुम्चिएको माओवादी यसबिचमा सरदर ११ वर्ष सत्तामा पुग्यो । यद्यपि माओवादीको जनाधार घट्दै गयो । जनताबाट टाढिँदै सत्ता स्वार्थमा चुर्लुम्म डुबेको आरोप माओवादी र यसका नेतामाथि लाग्यो । पार्टी नेतृत्वले सहिद परिवार, अपाङ्गता तथा घाइते परिवारलाई बेवास्ता गरेको, वर्ग छोडेर तस्करी, माफियासँग हिमचिम बढाएको, जनयुद्धकालीन एजेण्डा बिर्सिएर सत्ता स्वार्थका लागि कांग्रेस, एमालेसँग उठबस गरेकाले माओवादी आन्दोलन समाप्तिको दिशातर्फ धकेलिँदै गएको टिप्पणी माओवादीभित्रैबाट हुन थालेपछि प्रचण्डले निराशा व्यक्त गर्दै पार्टी नै विघटन गर्नेसम्मको अभिव्यक्ति दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्