परराष्ट्र मन्त्रीसँगको फोनवार्तामा इरानी विदेशमन्त्रीले भने- विपिन रिहाईको विषय प्राथमिकता

Machchapuchchre Bank

Artharajniti  ~  परराष्ट्रमन्त्री आरजु राणा देउवाले इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग टेलिफोन वार्ता गरेकी छन्।बिहीबार राति मन्त्री राणाले विपिन जोशीको रिहाईबारे इरानका विदेशमन्त्रीसँग टेलिफोन वार्ता गरेकी हुन्। कुराकानीमा विपिनको रिहाईको पहल गरिदिन मन्त्री राणाले समकक्षी अब्बासलाई अनुरोध गरेकी छन्। अराघ्चीले हमासका अधिकारीसँग अब हुने वार्तामा विपिन रिहाईको विषय प्राथमिकताका साथ उठाउने आश्वासन दिएको मन्त्री राणाको सचिवालयले जनाएको छ।  इसराइल र हमासबीच माघ ६ गते ४२ दिनका लागि युद्धविराम भएको थियो। यसबीचमा १८ जना बन्धकलाई हमासले छाडिसकेको छ। हमासले इसरायलबाहेक अन्य मुलुकका बन्धकहरु पनि छाडेको छ।  युद्धविराम घोषणापछि परराष्ट्रमन्त्री राणाले मध्यस्तकर्ताको भूमिका खेलेको कतारी अधिकारीहरूसँग विपिन रिहाइबारे कुराकानी गरेकी थिइन्। मन्त्री राणाले अघिल्लो हप्ता इजिप्टका विदेशमन्त्रीसँग पनि फोनवार्ता गरेको उनको सचिवालयले बताएको छ। त्यसअघि इसराइलका विदेशमन्त्रीसँग पनि मन्त्री राणाले फोनवार्ता गरेकी थिइन्। इसराइलका लागि नेपाली राजदूत प्राध्यापक डा. धनप्रसाद पण्डितले पनि केही दिन अघि इजरायलका राष्ट्रपतिसँग फोनमा जोशीको रिहाइको पहल गर्न आग्रह गरेका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्