Artharajniti ~ राहदानी विभागले राहदानी आवेदन प्रणालीसँग सम्बन्धित कप्युटरहरुमा भाइरस पसेको जनाएको छ । राहदानी विभागले सूचना जारी गर्दै राहदानी आवेदन प्रणालीसँग सम्बन्धित कप्युटरमा भाइरस प्रवेश गरेको जनाएको हो । कप्युटरमा भाइरस प्रवेश गरेका कारण त्यसलाई फैलिन नदिन सेवा बन्द गर्नुपरेको राहदानी विभागले जनाएको छ । राहदानी सेवा पूर्णरुपमा सञ्चालन हुन अझै दुई साता लाग्ने विभागले बताएको छ । राहदानी विभागबाट आंशिक रुपमा भने सेवा प्रारम्भ गरिएको विभागले जनाएको छ । विभागका अनुसा एक-दुई दिनभित्रमा नयाँ आवेदन फाराम भर्नका लागि बुकिङ्ग खुला गरिनेछ । भाइरस देखा परेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी पर्याप्त सतर्कता अपनाइएको र सेवाग्राहीको डाटा सुरक्षित रहेको विभागले जनाएको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति