Artharajniti ~ रवि लामिछाने ज्यूँदो छँदासम्म पार्टी सभापति रहने घोषणा गरेका रास्वपा उपसभापति डीपी अर्यालसहितका नेताहरूले सोमबार दिउँसो कास्की प्रहरीको हिरासतमा आधा घण्टा बिताए । डीपीले आइतबारको भाषणमा भनेका थिए, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने ज्युँदो रहँदासम्म रवि लामिछाने नै हो । हिरासतमा बसे पनि, जेलमा बसे पनि रास्वपाको सभापति रवि लामिछाने नै हो ।’उनी त्यतिमा मात्रै रोकिएनन् । अगाडि भने, ‘जेलबाट पार्टी चलाएका उदाहरण विश्वमा धेरै छन् । जेलबाट निस्केको भोलिपल्ट सरकारकै नेतृत्व गरेका पनि उदाहरण छन् ।’लामिछाने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपमा कास्की प्रहरीको हिरासतमा छन् । उनीमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले चौथो पटक म्याद थपिदिएको छ । डीपीको उक्त भाषणले एउटा प्रश्न जन्माएको छ– रवि लामिछाने ज्यूँदो छँदासम्म रास्वपामा अब अरु नेता सभापति बन्न सक्दैनन ? वा रविको अवसानसँगै रास्वपा सकिने हो ? सोमबार रविलाई हिरासतमै भेटेर फर्केपछि डीपीले आफ्नो भनाइलाई सुधारेर भने, ‘नमरुञ्जेल भन्ने कुरा पनि टिका–टिप्पणी भैरहेको छ । फेरि पनि भन्छु– विधानले दिएसम्म र उहाँले चाहेसम्म पार्टीको सभापति हो । उहाँलाई जीवित राख्नुप¥यो, मार्ने किसिमबाट नजाउँ भनेको हो ।’ रास्वपामा दुई जना उपसभापति छन् । सोमबार जिल्ला प्रहरी कार्यालय परिसरमा भेटिएका डीपीलाई कार्यवाहकबारे सभापतिसँग भएको छलफल सम्बन्धी प्रश्न सोधियो । उनले भने, ‘कार्यवाहक सभापति गौण कुरा हो । हामी दुवै जनाले भन्दै आएका छौँ । सिग्नेचरी नै रोकियो भने त्यसमा सभापतिज्यूसँग सल्लाह गरेर अधिकार लिन्छौँ ।’ डीपीलाई कार्यवाहकको बारेमा प्रश्न गर्दा छेउमै रहेका अर्का उपसभापति डा. स्वर्णिम वाग्ले मन्द मुस्कुराए । उनी हालसम्म कार्यवाहकको बारेमा बोलेका छैनन् । रास्वपाभित्र रविको उत्तराधिकारी खोजी भइरहेको छ । एकाथरी डीपीलाई उत्तराधिकारी मान्छन् भने अर्काेथरी स्वर्णिमले पार्टी हाँक्नुपर्ने बताउँछन् । रविसँग हिरासतमा गरिएको छलफलबारे नेताहरू खुलेर नबोले पनि मंगलबार बस्ने केन्द्रीय समितिको बैठक र त्यसपछि हुने पत्रकार सम्मेलनबाट स्पष्ट हुने नै छ । रवि लामिछानेले उनीहरूलाई आफूमाथि राजनीतिक प्रतिशोध साँधेको भन्दै त्यसबारे अझै धेरै जनतालाई जानकारी गराउन अह्राए ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति