” जीबी राई पक्राउ नपर्नुमा कांग्रेस-एमालेकै हात ” : सहकारी पीडित

Machchapuchchre

Artharajniti   ~  सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडितले सहकारी ठगीका मुख्य योजनकार जीबी राईलाई पक्राउ नपर्नुमा सरकारकै हात रहेको आरोप लगाएका छन् । सूर्यदर्शन सहकारी बचत पीडित संघर्ष समितिले पोखरामा पत्रकार सम्मेलन गर्दै उक्त आरोप लगाएको हो । सहकारी ठगीमा संलग्न जीबी राईलाई पक्राउ गर्न नसक्नुमा सरकारकै हात रहेको उनीहरुले आरोप लगाएका छन् । जीबी राईलाई पक्राउ गरेर ल्याउँदा अरु नेता पनि जोडिने डरले सबै दलले जीबीलाई संरक्षण गरेको उनीहरुले आरोप लगाए । जीबी राईलाई नेपाल ल्याउँदा कांग्रेस एमालेका ठूला नेता पनि जोडिने देखिएकाले सबै मिलेर जीबी राईलाई संरक्षण गरिरहेको उनीहरुको आरोप छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्