” मेरो ‘रिटायर्डमेन्ट’ हुने बेला भयो ” : सभापति देउवा

Machchapuchchre

Artharajniti  ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पार्टी र राष्ट्रिय राजनीतिबाट ‘रिटायर’ हुन लागेको बताएका छन् । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि रहेका उत्कृष्ट पालिकालाई सम्मानपछि सभापति देउवाले पार्टी कार्यालय सानेपामा देउवाले पार्टी कमजोर बनाउनेहरू अझै लागिरहेको भन्दै उनीहरूलाई कमजोर पारेर कांग्रेसका थप मान्छे पार्टीमा फर्काउनुपर्ने बताए । एमालेसँगको गठबन्धनपछि फर्किने क्रम बढेको उनको भनाइ थियो । सभापति देउवाले कांग्रेस आफू बलियो हुने नीतिमा रहेको भन्दै अरु राजनीतिक दललाई कमजोर बनाउने नीतिअनुसार वर्तमान सरकार पनि निर्माण नभएको पनि बताएका थिए । सभापति देउवाले भने, “मेरो उमेर पनि गयो । हरेक कारणले पनि रिटायरमेन्टको बेला भइसकेको छ । भोलि हुने नेताहरूले नै चिन्ता बढी गर्नुपर्छ । मलाईभन्दा बढ्ता चिन्ता हुनुपर्छ । हाम्रोबाट अरु पार्टीमा गएकाहरू पनि फर्किंदै छन् । अझै फर्काउने काममा लाग्नुपर्छ । हाम्रो पार्टी कमजोर बनाउनेहरू अझै छन् । हामीले सबैलाई एक गरेर बलियो पार्टी बनाउनु पर्छ ।”

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्