संविधान संशोधन षड्यन्त्र होइन, सबैसँग सल्लाह गरेर गर्ने हो: देउवा

Machchapuchchre

Atharajniti   ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र आफूले संविधान संशोधन गरेर जाने विषयमा सहमति गरेको बताएका छन्। उनले गत असार १७ गते भएको सात बुँदे सहमतिलाई लक्षित गर्दै सबैसँग सल्लाह र छलफल गरेर मात्रै संविधान संशोधन गरिने पनि बताए। कांग्रेसका नेता, समाजवादी चिन्तक प्रदीप गिरिको दोस्रो स्मृतिका अवसरमा नैनसिंह महर अध्यक्ष रहेको स्कुल अफ डेमोक्रेसीले  काठमाडौंमा गरेको ‘राजनीतिमा निष्ठा र नैतिकता’ विषयक कार्यक्रममा सभापति देउवाले संविधान संशोधन गर्ने सहमति एमालेसँग भएको र यो लुकाउनुपर्ने विषय नरहेको बताए। ‘संविधानमा केही संशोधन गर्ने कुराहरू ओलीजी र मेराबीचमा सहमति भएको हो,’ सभापति देउवाले भने, ‘केही कुरा आएका छन्। यहाँ लुकाउनुपर्ने कुरै छैन। यो षड्यन्त्र होइन, सबैसँग सल्लाह गरेर गर्ने कुरा हो।’ सभापति देउवाले राष्ट्रिय सभा अध्यक्ष को बन्ने भन्नेजस्ता विषयमा पनि छलफल आवश्यक रहेको बताए। ‘यदि सबैमा सहमति हुन्छ भनेदेखि उपराष्ट्रपति नै राष्ट्रिय सभा अध्यक्ष पनि हुने व्यवस्था हुन सक्दछ, जुन भारतलगायत अरू देशमा पनि अभ्यास छ,’ देउवाले भने। उनले कांग्रेस र एमालेबीचको सहमति कसैको विरूद्धमा नभएको पनि बताए। .

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्