“जनार्दन शर्माले पार्टी फुटाउने भन्ने हल्ला फिँजाइएको हो ” : अध्यक्ष दाहाल

Machchapuchchre

Artharajniti  ~  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी फुट्ने कुरा निराधार रहेको बताएका छन्। बिहीवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले पार्टी फुट्ने कुरा निराधार रहेको र लामो समयदेखि हल्ला फिँजाइएको बताए। उनले उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउने भन्ने हल्ला फिँजाइएको भन्दै उक्त हल्ला गलत रहेको बताए। उनले पार्टी एकताबद्ध भएको पनि बताए। प्रचण्डले भने‚ ‘पार्टी फुट्ने कुरा बिल्कुलै निराधार हो। पार्टी फुट्छ भनेर केही समयदेखि भनिरहेका छन्। होहल्ला धेरै भयो। कतिपय सन्दर्भमा आशंका र भ्रम भए। यो बैठकसम्म आउँदा ती सबै भ्रम चिरिएका छन्। खासगरी कमरेड प्रभाकरले पार्टी फुटाउँछ भन्ने बिल्कुलै गलत हो, हाम्रो पार्टी एकताबद्ध भएको छ।’

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्