भारतीय बैंकमा साइबर आक्रमणले ३०० बैंक प्रभावित

Machchapuchchre

Artharajniti   ~   भारतीय बैंकिङ प्रणालीमा बृहत साइबर आक्रमण हुँदा एकैपटक करिब तीन सय बैंक ठप्प भएका छन्। आक्रमणका कारण सयौं बैंकको भुक्तानी प्रणाली प्रभावित भएको हो।सबै बैंकलाई प्राविधिक सहयोग उपलब्ध गराउने कम्पनी सी–एज टेक्नोलोजीमा साइबर आक्रमण भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।तर कम्पनीले यसलाई सफ्टवेयर ग्लिच मात्र भएको बताएको छ।यस कम्पनीले भारतका सबै साना बैंकलाई प्राविधिक सहयोग गर्दै आएकोले सो कम्पनीमा साइबर आक्रमण हुँदा झन्डै तीन सय साना बैंक प्रत्यक्ष प्रभावित भएका हुन्।सो कम्पनीको सफ्टवेयर स्थापना गरेका गुजरातका १७ जिल्ला सहकारी बैंकहरू सहित भारतका करिब ३०० बैंकहरूले विगत दुई-तीन दिनदेखि समस्या भोगिरहेका छन्। सबै अनलाइन कारोबारहरू, जस्तै आरटीजीएस र यूपीआई भुक्तानीहरू प्रभावित भएका टाइम्स अफ इन्डियाले रिपोर्ट गरेको छ।साइबर आक्रमणलाई ध्यानमा राख्दै भारतको भुक्तानी प्रणालीको निरीक्षण गर्ने संस्था नेसनल पेमेन्ट कर्पोरेशन अफ इन्डिया ( एनपीसीआइ ) ले यस कम्पनीको काम अस्थायी रूपमा बन्द गरेको छ।एनपीसीआईका अधिकारीका अनुसार सी–एज टेक्नोलोजीको सेवा प्रयोग गर्ने यी बैंकका ग्राहकले पनि केही समयदेखि भुक्तानी प्रणाली प्रयोग गर्न समस्या भोग्नुपरेको थियो । भुक्तानी प्रणालीमा व्यापक असर पर्न नदिन साना बैंकलाई भुक्तानी सञ्जालबाट बाहिर राख्ने निर्णय गरिएको हो।लगभग १,५०० सहकारी र क्षेत्रीय बैंकहरू भारतमा कार्यरत छन्; यी मध्ये अधिकांश बैंक प्रमुख सहरबाहिर रहेका छन्। स्रोतलाई उदृत गरिए अनुसार यी मध्ये कैयौं बैंक प्रभावित भएको रिपोर्टमा भनिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्