कांग्रेस र नाउपाबाट तीन जना राज्यमन्त्री नियुक्त

Machchapuchchre

Artharajniti  ~  केपी शर्मा ओली नेतृत्वको अहिलेको संघीय सरकारमा गत असार ३१ गते २२ सदस्यीय मन्त्रिमण्डल गठन गर्दा दलित समुदायको प्रतिनिधित्व शून्य थियो। मुलुकको १४ प्रतिशत जनसंख्या भएका दलित समुदायलाई मन्त्रिपरिषदमा छुटाइएकोमा आलोचना भएको थियो।प्रधानमन्त्री ओलीको सिफारिसमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना राज्यमन्त्री नियुक्त गरेका छन्। नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीबाट गरी तीन जना राज्यमन्त्री नियुक्त भएका छन्। यससँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ। कांग्रेसका प्रतिनिधि सभा सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) र रूपा विक तथा नाउपाका प्रतिनिधि सभा सांसद अरूणकुमार चौधरीलाई राज्यमन्त्री नियुक्त गरिएको हो।तामाङ ऊर्जा राज्यमन्त्री, विक वन तथा वातावरण राज्यमन्त्री र चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका हुन्।  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषदमा तामाङ, विक र चौधरीलाई राज्यमन्त्री नियुक्त गरेका हुन्। उनीहरूको शपथ शुक्रबार नै हुने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। तामाङ रामेछाप, विक पाल्पा र चौधरी कैलालीका हुन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्