‘सहकारी किन चाहियो‚ ठग्न ?’ : सूर्यबहादुर थापा

Machchapuchchre

Artharajniti   ~  सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले बचत परिचालनको निम्ति सहकारी नै आवश्यक नभएको बताएका छन्। मंगलवार समितिले सहकारी अभियन्ताहरुसँगको छलफलमा सभापति थापाले सुशासनको सन्दर्भमा सबै सहकारी अभियन्ताहरुले बचाएर ल्याएको सहकारी केही ठगहरुले बिगारेको बताए। उनले समितिले छानबिन गर्नुपर्ने २९ वटा सहकारीमध्ये १२ वटा एउटै मानिसको भेटिएको बताए। उनले बचत परिचालनको निम्ति सहकारी नै नचाहिने भन्दै सरकारले ०७७/८७ अगाडि नै ७५३ पालिकामा बैंकहरुका एउटा शाखा पुर्‍याउनुपर्छ भन्ने नीतिअनुसार बैंकहरुको पहुँच बढाइएको बताए। ‘०७७/८७ अगाडि नै ७५३ पालिकामा बैंकको एउटा शाखा पुर्‍याउनुपर्छ भन्ने नीतिअनुसार बैंकको पहुँच बढाइएको छ। काठमाडौँका टोलटोलमा बैंक छन्। सहकारी किन चाहियो‚ ठग्न?‚’ उनले भने‚ ‘सबैभन्दा ठगी गर्ने र सहकारीको बर्खिलाफमा चल्ने सहकारी काठमाडौँमा शहरमा छन्। सहकारीमा १४ करोडसम्म बचत गर्छ भने त्यो कानूनविपरीत हो। गैरकानूनी हो। १० लाखभन्दा बढी बचत र फिर्ता गर्न पाइँदैन।’ काठमाडौँको टोल–टोलमा बैंकका शाखा रहेकाले सहकारी आवश्यक नभएको बताएका हुन्। उनले काठमाडौँका टोलटोलमा बैंकका शाखा रहेकाले बचतकर्ता ठगी गर्ने सहकारी आवश्यकता नभएको बताए। उनले सबैभन्दा ठगी गर्ने र सहकारीको बर्खिलाफमा चल्ने सहकारी काठमाडौँ शहरमा भेटिएको बताए।

‘सहकारीमा देखिएको गम्भीर समस्या सहकारी अभियन्ताहरुको पनि असफलता हो।’ उनले १० लाखभन्दा बढी बचत र १० लाखभन्दा बढी फिर्ता गर्न बैंकमा नपाउने व्यवस्था हुने तर सहकारीहरुले भने गर्न पाउने विषय राम्रो नभएको बताए।  उनले राष्ट्र बैंकसँग जोडिएका र निश्चित सुशासनमा चलेका सहकारीहरुको आर्थिक अवस्था राम्रो रहेको बताए। उनले अहिलेसम्म समितिमा गरेका छलफल र अन्तरक्रियाले बचत तथा ऋण सहकारी धेरै भएको बताए। सभापति थापाले देशले धान्न नसक्ने गरी बचत तथा ऋण सहकारी रहेको बताए। उनले सहकारी वास्तवमा छरिएर रहेको सानो पुँजी संकलन गरेर उत्पादन केन्द्रित हुने कुरामा ध्यान नदिँदा समस्या आएको बताए। उनले सानो पुँजी संकलन गरेर उत्पादन केन्द्रित भए मात्रै पनि देशको आवश्यकता सम्बोधन हुने बताए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्