भोलिसम्म राजीनामा दिन प्रधानमन्त्री दाहाललाई एमालेको आग्र

Machchapuchchre
Artharajniti  ~ नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा दिन आग्रह गरेको छ। मंगलबार बसेको एमालेको सचिवालय बैठकले भोलिसम्म राजीनामा दिन प्रधानमन्त्री दाहाललाई आग्रह गर्ने निर्णय गरेको हो। ‘कांग्रेस र एमालेबीच भएको सहमतिअनुरुप अब संविधानको धारा ७६ (२) को सरकार निर्माणका लागि भोलिसम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गर्ने निर्णय भएको छ,’ बैठकपछि एमाले सचिव योगेश भट्टराईले भने। सचिवालय बैठकअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटार पुगेर दाहाललाई भेटी राजीनामा दिन आग्रह गरेका थिए। तर, दाहालले ठाडै अस्वीकार गरेका थिए। ओलीसँगको कुराकानीपछि दाहालले पार्टी पदाधिकारीको बैठक राखेर विश्वासको मतको सामना गर्ने निर्णय गरेका छन्। एमालेले पार्टी अध्यक्ष ओलीको नेतृत्वमा गठन हुने सरकारमा सहभागी हुन संसद्‍मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आग्रह गरेको छ। राजनीतिक स्थायित्वका लागि सरकारमा सहभागि हुन सबै दललाई आग्रह गर्ने निर्णय गरेको भट्टराईले जानकारी दिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्