नागरिक उन्मुक्तिमा विवाद झन् चर्किदै

Machchapuchchre

Artharajniti  ~  रञ्जिता श्रेष्ठलाई नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताबाट हटाइएको छ । आइतबार पार्टीको संसदीय दलको सचिवालयको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा सो निर्णय गरिएको हो । संसदीय दलका नेताको पदमा रहेकी श्रेष्ठलाई हटाएर गंगाराम चौधरी डगौरालाई संसदीय दलको नेता चयन गरिएको छ । त्यस्तै प्रमुख सचेतक पदमा रहेका डगौराको स्थानमा लालवीर चौधरीलाई प्रमुख सचेतकको पदमा राख्ने निर्णय सर्वसम्मतिबाट पारित गरिएको विज्ञप्तिमा उल्लेख छ । दलको नेता चयनसम्बन्धी पत्र आज संसद् सचिवालयमा दर्ता गर्ने दलका नेता गंगाराम चौधरीले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्