” एमालेमा अब पुस्तान्तरण हुन्छ ” : अध्यक्ष ओली

Machchapuchchre

Artharajniti  ~ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकका लागि एउटा राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय पार्टी कार्यालयमा अनेरास्ववियुको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले नेपाललाई निर्णायक तवरमा काम गर्न सक्ने खालको राष्ट्रिय शक्ति निर्माणको आवश्यकता रहेको धारणा राखे । उनले एमाले त्यो राष्ट्रिय शक्तिका रूपमा रहे पनि निर्णायक तहमा पुग्न नसकेको बताए । उनले मिसन–२०८४ निर्वाचन मात्र नभई पार्टीलाई सवल राष्ट्रिय शक्तिका रूपमा विकास गर्ने अभियान पनि रहेको बताए । उनले भने, “एमाले अहिले पनि सवल राष्ट्रिय शक्तिका रूपमा रहेको छ । तर निर्णायक तहमा पुगेको छैन । एमालेलाई सवल राष्ट्रिय शक्तिबाट निर्णायक ढङ्गले सुदृढ राष्ट्रिय शक्तिका रूपमा विकास गर्न अभियान पार्टीका छ ।” अध्यक्ष ओलीले समय गतिशील रहेकाले पार्टीमा युवा विद्यार्थीको पुस्तान्तरण र हस्तान्तरण गरिने बताए । उनले अहिले नयाँ राजनीतिक दलको सिद्धान्त समाजवाद वा पुँजीवाद के हो भन्ने थाहा नभएको बताए । उनले युवा विद्यार्थीलाई समाजले मनपराउने र स्वीकार गर्न सक्ने खालका क्रियाकलाप गर्न सुझाव दिए । “पार्टीमा कार्यक्षमता, सक्रिय, योग्यता, भारवहन क्षमताका आधारमा पुस्तान्तरण र हस्तान्तरण हुन्छ,” उनले भने, “जनताले मन नपराउने, आलोचित र घृणा गर्ने कुरा नगर्नुहोस् । कुन चिज कहाँ गर्ने कसरी प्रयोग गर्ने भन्ने कुरा समाजले स्वीकार गर्न खालेको हुनुपर्दछ ।”

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्