” न्यूरोडको विकल्पमा निःशुल्क पार्किङ व्यवस्था गरेका छौं “: – काठमाडौं महानगरपालिका

Machchapuchchre

Artharajniti  ~  काठमाडौं महानगरपालिकाले न्यूरोडको पार्किङ हटाएर सो ठाउँभन्दा धेरै सवारी साधनलाई निःशुल्क पार्किङ व्यवस्था दिएको बताएको छ। महानगरले न्यूरोडमा पहिलेभन्दा धेरै सवारी साधन अट‍्ने गरी निःशुल्क पार्किङको व्यवस्था गरेको नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए। उनका अनुसार महानगरले २ हजार दुई सयवटा दुईपांग्रे र तीन सयवटा चारपांग्रे सवारी पार्किङ गर्ने निःशुल्क स्थान उपलब्ध गराएको छ। जुन पहिले न्यूरोडको कालोपत्रे सडकमा गरिने सवारी पार्किङभन्दा धेरै भएको उनको भनाइ छ।  ‘धरहराको पार्किङ भवनमा एक हजार पाँच सय दुई पांग्रे सवारी साधन अट्छन्,’ उनले भने, ‘काठमाडौं टावरमा ७ सयवटा दुईपांग्रे र ३ सयवटा चारपांग्रे सवारी साधन पार्किङ गर्ने स्थान उपलब्ध गराइएको छ। यो सबै निःशुल्क पार्किङ सेवा हो।’ यस्तै ताम्राकार कम्प्लेक्स, आरबी कम्प्लेक्स, रञ्जना कम्प्लेक्स, पशुपति प्लाजा, विशाल बजारलगायत भवनको भूमिगत तलामा समेत पार्किङ गर्न सकिने उनले बताए।बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायत धेरै ठाउँमा पार्किङ निषेध गरिसकिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्