” जागिर खाने नाममा गलत बाटो नजाऔँ ” : प्रधानमन्त्री प्रचण्ड

Machchapuchchre

Artharajniti ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जािगर खाने नाममा राज्यको नीति र संविधानको विरुद्धमा नलाग्न आग्रह गरेका छन् । युगान्डाबाट फिर्ता हुने क्रममा त्रिभुवन विमानस्थलमा उनले पत्रकारहरुसँग कुरा गर्दै अवैध बाटोबाट नजान नेपाली युवामा चेतना फैलाउन पनि जरुरी रहेको बताए । उनले भने, पत्रकारले राखेको जिज्ञासामा “रूसलाई पत्र पठाइएको छ । युगान्डामा पनि रूसका उपविदेशमन्त्रीसँग कुरा भएको छ । फिर्ता पठाइदिनुप-यो भनेका छौँ । मारिएकाको विषयमा पनि क्षतिपूर्तिको कुरा भएको छ । सरकारले मात्रै भनेर हुँदैन सबैले व्यापकरूपयमा यस विषयमा कुरा उठाउनुपर्छ । जहाँ पायो त्यहीँ जागिर खाने नाममा राज्यको नीति, संविधानको मर्मविपरीत जहाँ पनि सेनामा भर्ती हुने, बाटो छलेर जाने काम गर्न भएन भन्ने चेतना फैलाउनुप-यो,” उनले भने, “रूस र युक्रेनसँग कुरा भइरहेको छ । उनीहरू युद्धमै छन् । सरकारले पठाएको पनि होइन, त्यसैले सरकारले भन्नासाथ रुसले मान्ने पनि होइन ।”

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्