सत्ता गठबन्धनले तीन प्रदेशमा अन्तर्क्रिया कार्यक्रम गर्ने

Machchapuchchre

Artharajniti   ~  राष्ट्रियसभा निर्वाचन लक्षित गरी सत्ता गठबन्धनले तीन वटा प्रदेशमा कार्यक्रम गर्ने भएको छ । आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठक आगामी माघ पहिलो साता कोशी, मधेस र बागमती प्रदेशमा राष्ट्रियसभाका मतदातासँगको अन्तर्क्रिया कार्यक्रम गर्न लागेको हो । बैठकको निर्णय अनुसार माघ ६ मा बागमती प्रदेशको काठमाडौँ, माघ ७ गते मधेस प्रदेशको जनकपुर र माघ ८ गते कोशी प्रदेशको विराटनगरमा मतदातासँग अन्तरक्रिया कार्यक्रम गर्ने कार्यक्रम छ । उक्त कार्यक्रममा सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचनका लागि गठित केन्द्रीय समन्वय समितिका संयोजक रमेश लेखक, सदस्यहरू वर्षमान पुन, राजेन्द्र पाण्डे र मनिष सुमनको सहभागिता रहनेछ । अन्य प्रदेशबाट पनि आमन्त्रण गरिए समन्वय समिति र शीर्ष नेताहरू सहभागी हुने बताइएको छ । गठबन्धनले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र पारेको छ । राष्ट्रियसभा निर्वाचनमा गठबन्धनबाट कांग्रेसका १०, माओवादीका ६, एकीकृत समाजवादीका २ र जसपाका १ उम्मेदवार छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्