Artharajniti ~ नेपाली कांग्रेसले ४८औँ मेलमिलाप दिवस मनाएको छ। बिपी कोइराला लगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ। यस अवसरमा नेपाली कांग्रेसले आज राजधानीमा कार्यक्रम आयोजना गरेको छ। सो कार्यक्रमलाई सम्बोधन गर्दे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजतन्त्रको कुनै भविष्य नरहेको बताए। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विरुद्ध विभिन्न गतिविधि भइरहेको तर्फ इंगित गर्दै ओलीले राजतन्त्रको बहस आवश्यक नभएको बताएका हुन्। उनले राजतन्त्रको अन्त्य राजा वीरेन्द्रको वंश नास हुने गरि भएको दरबार हत्याकाण्डसँगै सकिएको बताए। ‘राजतन्त्रको भविष्य छैन। हुन त दरबार हत्याकाण्डमै सकिएको हो। तर, हामी चुक्दा केही समय डमी राजतन्त्र चल्यो। पछि ढल्यो,’ उनले भने। उनले अहिले राजा फर्काउने अभियान चलाउनेहरुलाई प्रश्न गर्दै भने, ‘ कस्तो राजा ल्याउन थालेको? सेरेमोनियल हो भने रामचन्द्र जी हुनुहुन्छ त। हाम्रो कपाल त्यतिकै फूलेको छैन। हामी राजतन्त्र आउन दिदैंनौ।’ उनले राष्ट्रिय एकताको कुरा गर्दा प्रतिस्पर्धा स्वस्थ हुनुपर्नेमा जोड दिए। साथै, लोकतन्त्र रक्षाको लागि एक हुनुपर्ने मत राखे। उनले कांग्रेसको नीतिबारे प्रश्न गर्दे भने, ‘राजतन्त्र सकेको छ। अब जनताबीचको एकता हो। यसको व्याख्या नेपाली कांग्रेसले गर्नुपर्छ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति