अर्थतन्त्र लयमा आइरहेको अर्थमन्त्री महतको दाबी ‘निर्धक्क लगानी गर्दा हुन्छ’

Machchapuchchre Bank

Artharajniti   ~   अर्थमन्त्री डा. प्रकशशरण महत अर्थतन्त्र सुधारप्रति ढुक्क देखिएका छन्। कांग्रेसको वाग्मती प्रदेश सम्मेलनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले अब अर्थतन्त्रले लय लिने बताए। ‘अर्थतन्त्रले अब लय समात्छ। लगानीकर्ताले निर्धक्क लगानी गर्दा हुन्छ,’ उनले भने, ‘कांग्रेसका मन्त्रीहरूले इमानदारीपूर्वक काम गरेका छन्। अब सकारात्मक संवादको आवश्यकता छ।’ अर्थतन्त्रका सूचकहरुमा निरन्त सुधार रहेको उनले आफ्ना पार्टीका नेता-कार्यकर्तालाई बताए। ‘महँगी साढे ८ बाट साढे ५ प्रतिशतमा झरेको छ, ब्याजदर घटेको छ, पर्यटक बढेका छन्, रेमिटेन्स बढेको छ,’ उनले भने, ‘युवाहरु रातदिन आइटीमा व्यस्त छन्। जनता र देशको हितमा काम गर्दैछु ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्