Artharajniti ~ मध्य पहाडका जिल्लामा मङ्सिर १४ देखि पुस १ सम्म नेकपा एमालेले चलाएको ‘सम्मृद्धिका लागि सङ्कल्प यात्रा’ पूर्ण सफल भएको निष्कर्ष निकालेको छ । सङ्कल्प यात्राबारे बुधवार अनौपचारिक रूपमा बसेको सचिवालय बैठकमा गरिएको विश्लेषणमा यात्रा भव्य रूपमा सफल भएको निष्कर्ष आएको एमाले उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । ‘सङ्कल्प यात्रा अत्यन्त सफल भयो, व्यापक जनपरिचालन भयो । नेता कार्यकर्तामा उत्साह भरियो भन्ने पहिलो निष्कर्ष निस्कियो’, उनले भने, ‘मध्यपहाडी राजमार्ग क्षेत्रका जनताका समस्या पहिचान गर्ने अवसर मिल्नुका साथै ठुला राजनीतिक दल असफल भए भन्ने भाष्य पनि खण्डित भएको छ ।’यात्राले पहिचान पक्षधरले फैलाएको भ्रम समेत चिरिएको एमालेको दावी छ । ‘यो यात्रा एमालेको मात्र नभएर सबैको साझा बनेको छ । किनभने एमाले मात्र नभएर आम जनता यात्रामा सहभागी भए भने अरू पार्टीका नेता कार्यकर्तासँग अन्तरक्रिया समेत भए’, ज्ञवालीले भने, ‘अरू पार्टीका नेता कार्यकर्ता स्वागतमै सहभागी बन्नु खुसीको कुरा हो ।’ एमालेको उक्त अभियानले एमालेकै नेता कार्यकर्ताबिच पनि आपसमा चिन्ने र आत्मीयता बाँड्ने काम भएको नेताहरूले जनाएका छन् । यात्राका क्रममा सम्बन्धित जिल्लाका नेता कार्यकर्ता, जनप्रतिनिधिहरूले त्यस क्षेत्रका जनताका समस्या लिखित रूपमै एमालेलाई बुझाएका थिए ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति