चीनबाट ३० करोड बराबरको राहत सामग्री आइपुग्यो

Machchapuchchre

Artharajniti  ~  जाजरकोट र पश्चिम रूकुमका भूकम्प पीडितका लागि चीनबाट करिब ३० करोडको राहत सामग्री नेपाल आइपुगेको छ । बुधबार चिनियाँ राजदुत छन् सङले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई  राहत सामग्री हस्तान्तरण गरेका छन्। बुधबार बिहान पोखरा विमानस्थलमा राजदूत सङले उपप्रधानमन्त्री श्रेष्ठलाई चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत झन्डै ३० करोड मुल्य बराबरको सामग्री ल्याइएको थियो। दुईवटा एयरक्राफ्टबाट चार हजार छ सय ब्लांकेट र छ सय टेन्ट आएको छ। यता केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामग्री पठाएको छ, जसमा दुई हजार तीन सय टेण्ट, दुई हजार ब्लांकेट, सात सय त्रिपाल, पाँच सय वटा महामारी रोक्ने स्पेयर र साँढे १० हजार वटा लामखुट्टे मार्ने औषधि छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्