नेपालमा लगानी गर्न आग्रह गर्दै अर्थमन्त्री डा. महत

Machchapuchchre

Artharajniti  ~  अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा गरिएको लगानीबाट लगानीकर्ताले नाफा कमाएको पर्याप्त उदाहरण रहेको बताएका छन् । आजदेखि सुरु ३७औँ क्यास्सी सम्मेलनमा सम्बोधन गर्दै विदेशी लगानीबाट पर्याप्त नाफा कमाएको उदाहरण रहेको बताएका हुन् ।उनले भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषण गरेको स्मरण गर्दै बिजुली र सौर्य ऊर्जा लगानीका मुख्य क्षेत्र हुन सक्ने बताए । यस्तै बङ्गलादेशले समेत बिजुली किन्ने प्रक्रिया अघि बढाएको अर्थमन्त्रीले जानकारी गराए । यसबाहेक हिमालयका कारण नेपाल पर्यटनको प्रमुख गन्तव्य बन्न सक्नेमा अर्थमन्त्रीको जोड थियो । ‘नेपाल पर्यटनमा ठुलो सम्भावना बोकेको देश हो, एफएनसीसीआईका अध्यक्षले समेत सिरिजमा केबलकारमा लगानी गर्दै हुनुहुन्छ,’ डा. महतले भने । यस्तै सूचना र प्रविधि क्षेत्रमा समेत सरकारले लगानीको सम्भावना देखेको अर्थमन्त्री महतको भनाई छ । यही सम्भावना देखेर चालू बर्सको बजेटमार्फत सूचना प्रविधि क्षेत्रमा आयकर घटाएको महतले जानकारी गराए । नेपालमा लगानी गर्नलाई ‘वान डोर विन्डो’ सञ्चालनमा रहेको र ठुला लगानीलाई सहयोग गर्न लगानी बोर्ड नै सञ्चालनमा रहेको महतले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्