विश्व बैंकले नेपाललाई १३ अर्ब ८१ करोड आर्थिक सहायता दिने

Machchapuchchre

Artharajniti  ~  नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि नेपाल सरकारलाई विश्व बैंकले १३ अर्ब ८१ करोड रुपैयाँ बराबरको आर्थिक सहायता दिने भएको छ । विश्व बैंक र नेपाल सरकारबीच भएको सम्झौता अनुसार १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र ३८ लाख ४० हजार अमेरिकी डलर बराबरको अनुदान नेपालले पाउने भएको हो । नेपालको स्वास्थ्य प्रणालीको गुणस्तर, पहुँच र उत्थानशीलता सुदृढीकरण गर्न नेपाल सरकार र विश्व बैंकले अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र स्वास्थ्य आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य कोष (एचईपिआरटीएफ) बाट ३८ लाख ४० हजार अमेरिकी डलर बराबरको अनुदानका लागि बिहीबार डिजिटल हस्ताक्षर भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्