दसैंपछि सवा ७ अर्ब रुपैयाँको आईपीओ निष्कासनको स्वीकृति

Machchapuchchre

Artharajniti   ~  दसैंपछि शंकर ग्रुपको जगदम्बा स्टिल्स लिमिटेडसहित कुल पाँचवटा कम्पनीले आईपीओ निष्कासन गर्ने भएका छन्। कम्पनीहरुले ७ अर्ब २५ करोड रुपैयाँको आईपीओ निष्कासनको स्वीकृति माग्दै धितोपत्र बोर्डमा गत साता अघि निवेदन दिएका छन्। जगदम्बा स्टिल्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा निवेदन दिएको हो। कम्पनीले ६ अर्ब रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ।  प्रिमियम थप गरी ३०० रुपैयाँ प्रतिकित्तामा २ करोड ७० हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा भने सिद्धार्थ क्यापिटल लिमिटेड छ।  बाँकी कम्पनीहरुले भने प्रति कित्ता १०० रुपेयाँमै आईपीओ निष्कासन गर्ने भन्दै निवेदन दिएका हुन्। एसवाई प्यानलले ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ। माविलुङ इनर्जी लिमिटेडले १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ। याम्बालिङ हाइड्रोपावरले २८ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति मागेको हो। यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ। एपेक्स हस्पिटालिटी लिमिटेडले २४ लाख कित्ता सेयर निष्कासन गर्नेछ। यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्