“दिगो विकासका लक्ष्यहरु पूरा गर्न सरकारले ऐन कानून सुधार गर्न आवश्यक छ “: अध्यक्ष ढकाल

Machchapuchchre

Artharajniti  ~  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकासका लक्ष्यहरु पूरा गर्न सरकारले ऐन कानून र नीतिहरु सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ । मंगलवार महासंघ र राष्ट्रिय योजना आयोगको संयुक्त आयोजनामा भएको दिगो विकासका लक्ष्य कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा दिगो विकासका लक्ष्यहरु पूरा गर्ने निजी क्षेत्रको महत्वपूर्ण भुमिका रहेको बताउनु भयो । अध्यक्ष ढकालले निजी क्षेत्रले व्यवसायिक क्रियाकलाप बढाउनको लागि नीति,ऐन कानून र नीतिहरु सुधार हुन जरुरी रहेको बताउनु भयो । उहाँले दिगो विकासका लक्ष्यहरु पूरा गर्न निजी क्षेत्र महत्वपूर्ण पार्टनरका रुपमा काम गरिरहेको बताउनु भयो । उहाँले नेपालमा व्यवसायिक गतिविधिहरु बढाएर व्यवसायीहरुको आत्मबल बढाउने काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रले रोजगारी सिर्जनादेखि हरेक विषयमा ठूलो योगदान रहेको बताउनु भयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्