अर्थ राजनीति ~ अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पूर्ण कार्यान्वयन सुरु हुन लागेकै दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले जनतालाई ढाँटेको आरोप लगाएका छन् । १२ बुँदे व्याख्यात्मक घोषणा गरेर नेपाली जनतालाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्काले ढाँटेको आरोप लगाएका हुन् । सिरहामा आजदेखि आयोजना हुने पार्टीको सचिवालय बैठकमा जानका लागि विराटनगर विमानस्थल आएका ओलीले संचारकर्मीसँग भने, ‘तत्कालीन सरकारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले सांसदलाई धोका दिनुभयो, झुट बोल्नुभयो र प्रभाव पारेर पास गराउने गलत बाटो लिनुभयो । पहिला नै पास गर्दा ठीक हुन्छ÷हुँदैन भनेर छलफल गर्नु पर्थ्यो । तर उहाँहरूले केही गर्नु भएन ।’ओलीले एमसीसीबारे वर्तमान प्रधानमन्त्री प्रचण्डले पनि केही सोध्न जरुरी नभएको भन्दै सबै कुरा प्रष्ट भइसकेको बताए । ‘हिजो मात्रै प्रधानमन्त्रीले म सोध्छु भन्नुभएछ । सोध्नु किन पर्यो ? उहिले नै एमसीसीले जवाफ दिएको छ । उहिले नै भनेको छ यो सम्झौता हो । योभन्दा आरोप केही पनि हुँदैन । कसका के कति बुँदे घोषणा हामीलाई कुनै सरकार छैन । हामी जान्दैनौं उसैबेला भनेको छ । उहाँले सोध्ने पनि होइन,’ ओलीले भने । एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड तीन दिने भ्रमणमा लागि मंगलबार नेपाल आइपुगेका छन् । उनी नेपाल आएकै दिन प्रधानमन्त्री प्रचण्डले १२ बुँदे व्याख्यात्मक घोषणालाई सम्झौताको टिप्पणी बनाउने कि नबनाउने भनेर एमसीसीका अधिकारीसँग सोध्ने बताएका थिए । यद्यपि नेपालस्थित अमेरिकी दूतावासले मंगलबार नै विज्ञप्ति जारी गरेर व्याख्यात्मक घोषणा स्वीकार्ने बताइसकेको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति