राज्य व्यवस्था समितिबाट लोकसेवा विधेयक सर्वसम्मत पास

Machchapuchchre

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७६ सर्वसम्मत पास गरेको छ । समितिको आइतावार बसेको बैठकले विधेयक र प्रतिवेदन पास गर्दै संसदमा पठाउने निर्णय गरेको हो ।

समितिमा लोकसेवाका कर्मचारी सरुवा गर्दा उसको सहमति लिनुपर्ने विद्यमान व्यवस्था हटाउने सहमति भएको थियो । तर प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसदहरुले त्यसमा असहमति जनाएका थिए ।

आइतवार भने यसबारे संवैधानिक आयोगका कर्मचारीहरुको सरुवा सम्बन्धी व्यवस्था संघीय निजामती विधेयकमा राख्ने गरी यो विधेयकबाट हटाइएको छ । यस्तै आर्थिक स्वायत्तताको सवालमा पनि विविध शीर्षक अन्तरगत आउने बजेटमा एक पटक कार्यविधि बनाएर अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्