दीपेन्द्र रावलसहित गिरफ्तार परेको ३ पत्रकार रिहा, कोईराला र नेपाल प्रहरी नियन्त्रणमै

Machchapuchchre

काठमाडौं । कालापानी, लिपुलेक, लिम्पियाधुरा अतिक्रमणविरुद्धको प्रर्दशनको रिपोर्टिङमा गएका ३ पत्रकार रिहा भएका छन । रिपोर्टिङका क्रममा आइतबार दिउँसो प्रदर्शनीमार्गबाट गिरफ्तार परेका अनलाइन डबलीका प्रधान सम्पादक दिपेन्द्र रावल, रेडियो मिर्मिरेका पत्रकार साहस भट्ट र मोटिभेट अनलाइनका सम्पादक शोभराज बराल चौतर्फी दवावपछि रिहा भएका हुन् ।

नेपाल र पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठन, नेपाल र आम पत्रकारहरुको दबाबपछि उनीहरुलाई प्रहरीले रिहा गरेका हो । रावलसहितका पत्परकारहरु गिरफ्छितार परेलगत्ल्लोतै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी, क्रान्तिकारी पत्रकार सङ्गठन नेपालका केन्द्रीय सचिवालय सदस्य कमल बुढासहितको टोली महेन्द्र पुलिस क्लब पुगेको थियो ।

यता ओटिभी नेपालका प्रेम नेपाल र कान्तिपुर पब्लिकेसनका संचारकर्मी राजेन्द्र कोईराला भने अझै रिहा भएका छैनन् । उनीहरुलाई प्रहरीले भृकुटी मण्डपबाट पक्राउ गरी महेन्द्र पुलिस क्लबमा राखेको छ । पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार सङ्गठन नेपालसहितका सरोकारवाला संघ सङ्गठनहरुले संचारकर्मी द्वय नेपाल र कोईरालाको रिहाइको माग गरेका छन् ।

पछिल्लो समय प्रहरीले पत्रकारहरुलाई धमाधम पक्राउ गरिरहेको छ । केही समय अघि पोखरामा प्रहरीले पत्रकारहरु बिरुद्ध अघोषित अप्रेशन नै चलाएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्