पत्रकार दीपेन्द्र रावलसहित २७ जना भृकुटीमण्डपबाट गिरफ्तार, कहाँ राखियो ?

Machchapuchchre

काठमाडौं । प्रहरीले पत्रकार दीपेन्द्र रावलसहित तीन पत्रकार अन्य २५ जनालाई भृकुटीमण्डपबाट गिरफ्तार गरेको छ । विप्लव नेतृत्वको नेकपानिकट अखिल क्रान्तिकारीले कालापानी, लिपुलेक, लिम्पियाधुरा अतिक्रमणविरुद्ध गरेको प्रर्दशनकाे रिपाेर्टिङ गर्न पुगेका अनलाइन डवलीका प्रधानसम्पादक दिपेन्द्र रावललाई प्रहरीले गिरफ्तार गरेको हो ।

पत्रकार रावलसँगै रेडियाे मिर्मिरेका पत्रकार साहस भट्ट र माेटिभेट अनलाइनका सम्पादक शाेभराज बराललाई समेत प्रहरीले गिरफ्तार गरेको छ । रावल युद्धकालिन पत्रकार हुन् । पत्रकारहरुको गैरन्यायिक गिरफ्तारीबिरुद्ध अहिले अन्य पत्रकारहरुले सामाजिक सञ्जालमा बिरोध जनाएका छन । समाचार संकलन गर्न पुगेका पत्रकारहरुलाई गिरफ्तार गरेर ओली सरकारर प्रशासनले प्रेस स्वतन्त्रताको धज्जी उडाएको छ ।

यसबीच क्रान्तिकारी पत्रकार सङ्गठन नेपालले गिरफ्तार परेका पत्रकार रावलसहित भट्ट र बराललाई तत्काल रिहा गर्न माग गरेको छ । उक्त कार्यक्रमबाट अन्य २५ जना विद्यार्थी नेता कार्यकर्ता समेत गिरफ्तार परेका छन् । सबै जनालाई अहिले महेन्द्र पुलिस क्लवमा राखिएकाे छ ।

यता मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेललाई पनि प्रहरीले गिरफ्तार गरेको छ । भारतले सीमा मिचेको विषयमा आयोजित विरोध प्रदर्शनका क्रममा प्रहरीले गजुरेललाई गिरफ्तार गरेको हो ।

माइतीघर मण्डलाबाट शुरु भएको जुलुस संघीय संसद भवन बानेश्वरतर्फ अगाडि बढ्ने क्रममा बिजुलीबजार पुल नजिकबाट गजुरेल गिरफ्तार परेका हुन् । प्रहरीले गजुरेलसहित प्रदर्शनमा सहभागी अन्य १५ जना लाई पनि समातेको छ । भारतले आफ्नो नक्सामा नेपाली भूमि समावेश गरेपछि अहिले विप्लव नेतृत्वको नेकपा र मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी पनि व्यापक आन्दोलनमा छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्