कांग्रेसको एकल बहुमत पुग्ने गरी सिट बाँडफाँट हुनुपर्छ : डा. कोइराला

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको एकल बहुमत पुग्ने गरी तालमेल गर्नु पर्ने बताएका छन् । वीपी जयन्तीका अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले धनुषाको जनकपुरधाममा गरेको विचार गोष्ठीमा उनले कांग्रेसको केन्द्रीय समितिमा गरेको निर्णयमा एकल बहुमत ल्याउनका लागि चुनावी तालमेल गर्ने भन्ने उल्लेख रहेको भन्दै उनले त्यसका लागि कांग्रेसले कम्तिमा पनि १०० सट लिनु पर्ने बताए । कोइरालाले भने, ‘तालमेल मात्रै होइन कांग्रेसको बहुमत हुने कुरा पनि हाम्रालाई महत्त्वपूर्ण हो । अहिले कांग्रेसलाई चुनाव जिताउनुपर्ने रहेको भन्दै चुनाव जित्न सक्ने नेतालाई बिना भेदभाव टिकट दिनुपर्ने बताए । उनले भने, ‘टिकट वितरण न्यायोचित हुनुपर्छ । ’उनले नेकपा एमालेले संविधान असफल बनाउन खोजेकाले विचार नमिल्ने दलहरुसँग गठबन्धन गर्नु पर्ने बाध्यता आइपरेको बताए । उनले भने, ‘सिद्धान्त नमिल्ने दलसँगको गठबन्धन पवित्र हो कि अपवित्र हो म भन्न सक्दिन, तर चुनावपछि मात्रै भन्न सकिन्छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्