अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँ तरलता बजार पठाउँदैछ । बैंकले १४ दिनका लागि क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई सापटीको रुपमा यस्तो तरलता प्रवाह गर्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो ३ः १५ बजेसम्म बैंकद्वारा जारी गर्ने रिपोका लागि आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकका अनुसार आवेदकले न्यूनतम १० करोडदेखि माथि ५ करोडले भाग गर्दा निशेष भाग जाने अंकसम्मको लागि आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकले बजारमा तरलता अभाव भएका बेला रिपोमार्फत बैंक तथा वित्तीय संस्थालाई अल्पकालीन कर्जा सापटी दिने गर्छ भने बजारमा अधिक तरलता भएको बेला रिभर्स रिपोमार्फत पुनः पैसा उठाउने गर्छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति