न्यायोचित तवरले सिट बाँडफाँट नभए गठबन्धनको अर्थ हुँदैन : उपेन्द्र यादव

Machchapuchchre

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले न्यायोचित तवरमा सिटको बाँडफाँट नगर्ने हो भने गठबन्धनको अर्थ नभएको बताएका छन् । वीरगञ्जमा स्थापना भएको मधेस विश्व विद्यालयको कार्यालय भवनको उद्घाटन गर्दै अध्यक्ष यादवले भने ‘तालमेल गर्दा न्यायोचित हिस्सा र भागेदारी भएन भने यस खालका गठबन्धनको कुनै अर्थ रहँदैन । सब दललाई वीन वीन हुने गरी अगाडि बढ्नुपर्छ ।’ गठबन्धनमा जसपाले ३२ सिट दाबी गरेको पनि उनले बताए । ‘हुन त हाम्रो दाबी ३२ सिटमा छ । यो छलफल र समझदारीको विषय हो, समझदारी गर्दा कहाँ गएर टुंगिन्छ । त्यसलाई स्वीकार गरेरै अघि बढ्छौं’, उनले भने । सिट बाँडफाँट कार्यादललाई प्रतिवेदन बुझाउन भनिएको बताउँदै उनले त्यो प्रतिवेदन आएपछि नेताहरुसँग बसेर छलफल गरी बाँकी बाँडफाँट टुंग्याउने उनले बताए । बुधबार मधेस विश्व विद्यालयको स्थापना सभामा सरिक भएका यादवले बिहीबार बिहान नेशनल ट्रेडिङमा रहेको कार्यालयको उद्घाटन गरेका थिए । नेसनल ट्रेडिङको १५ कठ्ठा जमिन लिएर विश्व विद्यालयको कार्यालय स्थापना गरिएको छ । पर्सा जिल्लामा १ सय विघा जमिन खोजेर विश्व विद्यालयका लागि अन्य पूर्वाधार निर्माणको काम अघि बढाउने तयारी छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्