अर्थ राजनीति ~ नेकपा माओवादी केन्द्रको पदाधिकारी चयनको असन्तुष्टि सार्वजनिक मञ्चमै छताछुल्लै भएको छ । बुधबार अखिल क्रान्तिकारीको चुनाव लक्षित क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा सम्बोधन गर्न पुगेका माओवादी केन्द्रका शीर्ष नेताहरूको अभिव्यक्तिले पार्टीभित्र पदाधिकारी चयनमा चरम असन्तुष्टि रहेको पुष्टि भएको छ । महाधिवेशन भएको लामो समयपछि ४ भदौमा पार्टीको पदाधिकारी चयन गएिको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देव गुरूङलाई महासचिव बनाउनु भएको थियो भने उपमहासचिवमा जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, शक्ति बस्नेत र मात्रिका यादवलाई चयन गरिएको थियो । तर, यसप्रति असन्तुष्टि रहँदै जनार्दन शर्माले फरक मत राख्नुभएको थियो । शर्मा महासचिव पदका आकांक्षी हुनुहुन्थ्यो ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति