उद्योग मन्त्रालय र मर्मा गाउँपालिकाले यार्सागुम्बा संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ

Machchapuchchre

अर्थ राजनीति  ~  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र दार्चुलाको मर्मा गाउँपालिकाबीच बहुमूल्य जडिबुटी यार्सागुम्बाको संरक्षण र प्रशोधनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

दार्चुला जिल्लाको लतीनाथको मार्मामा बहुमूल्य जडीबुटी ‘यार्सागुम्बा’ को संरक्षण र प्रशोधन केन्द्र स्थापना गर्न सहयोग आदानप्रदान गर्ने समझदारीपत्रमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलीन्द्रप्रसाद बडुले हस्ताक्षर गरे ।

मर्मा दार्चुला जिल्लाको अपि नाम्पा संरक्षण क्षेत्रमा अवस्थित छ।

समझदारीअनुसार निजी क्षेत्रको सहभागितामा संरक्षण तथा प्रशोधन केन्द्र स्थापना गरिनेछ ।

सो अवसरमा मन्त्री बडूले बहुमूल्य जडीबुटी यार्सागुम्बा पाइने सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी क्षेत्रका उर्वर क्षेत्रको संरक्षण गर्ने मन्त्रालयको उद्देश्य रहेको बताए ।

उनले प्रतिष्ठित जडिबुटीबारे थप अध्ययन र अनुसन्धान गरिने बताए ।

‘यार्सागुम्बा र यसका सबै पक्षको वैज्ञानिक अध्ययन सुरु गर्दैछौँ,’ उनले भने ।

उनका अनुसार यार्सागुम्बा पाइने देशका विभिन्न स्थानमा अध्ययन र अनुसन्धानका लागि विज्ञ टोली खटाउने मन्त्रालयको उद्देश्य छ ।

उनले आफू वन तथा वातावरण मन्त्री हुँदादेखि नै यार्सागुम्बा प्रशोधन केन्द्र स्थापना र संरक्षणका लागि पहल गरेको स्मरण गरे ।

मन्त्रालयका सचिव डा तोयानारायण ज्ञवालीले यार्सागुम्बा नेपाललाई विश्वमा चिनाउने बहुमूल्य जडिबुटी मध्येको एक हो ।

यार्सागुम्बालाई नेपाली ब्राण्डका रूपमा चिनाउने नेपाली लोगोसहित विश्व बजारमा निर्यात गर्न मन्त्रालयले तीव्रताका साथ काम गरिरहेको उनले बताए ।

मर्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले यस बहुमूल्य जडीबुटीको संरक्षण गरी स्थानीय अर्थतन्त्रलाई टेवा पु¥याउन प्रशोधनका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

“हाम्रो इलाकामा यार्सागुम्बा प्रशोधन केन्द्र स्थापना गर्न सहयोग आदानप्रदानमा हस्ताक्षर गर्न पाउँदा हामी धेरै उत्साहित छौं।”

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्