अर्थ राजनीति ~ नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीलाई आगामी प्रधानमन्त्री बनाउने प्रस्ताव राखेर चुनावमा जाने निर्णय गरेको छ ।
मंसिर २० गते हुने निर्वाचनको तयारीका लागि बसेको एमाले केन्द्रीय कमिटी (सीसी)को बैठकले ओलीलाई भावी प्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।
शनिबारको बैठक सकिएपछि एमाले नेता किरण गुरुङले भने, ‘समूहको छलफलबाट आएको सुझावअनुसार केपी ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय भएको छ ।
ललितपुरको पार्टी कार्यालय च्यासलमा दुई दिनसम्म चलेको समितिको बैठकले निर्वाचनमा उम्मेदवार छनोटको मापदण्ड पनि तय गरेको छ ।
एमाले अध्यक्ष ओली अक्टोबर ११, २०१५ देखि भदौ १, २०१६ सम्म तीन कार्यकाल प्रधानमन्त्री भइसकेका छन्; फेब्रुअरी 15, 2018 देखि मे 13, 2021 सम्म — उहाँले नयाँ संविधान अन्तर्गत पहिलो निर्वाचित प्रधानमन्त्रीको रूपमा सेवा गर्नुभयो; र मे 13, 2021 देखि 13 जुलाई, 2021 सम्म, अल्पसंख्यक प्रधानमन्त्रीको रूपमा, कुनै पनि विपक्षी दलहरूले बहुमतको सरकार बनाउन वा प्रदान गरिएको समय सीमामा यसको लागि आफ्नो दाबी राख्न सकेनन्।
सत्ता साझेदार माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ओली पहिलो पटक प्रधानमन्त्री बनेको ९ महिनामा पदमुक्त भएका थिए ।
सन् २०१७ मा एमाले र माओवादी केन्द्र एकता भएपछि उनले सहज बहुमत पाएका थिए तर दुईपटक संसद विघटन गरेपछि उनी अपदस्थ भए ।