अर्थ राजनीति ~ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।
केन्द्रीय कमिटी बैठक शनिबार सम्पन्न हुने पार्टीले जनाएको छ ।
पार्टीको पोलिटब्युरोको बिहीबार बसेको बैठकले आजबाट सुरु हुने केन्द्रीय कमिटी बैठकका लागि ११ एजेण्डा तय गरेको छ ।
शुक्रबारको केन्द्रीय कमिटी बैठक भदौ २३ गतेदेखि हुने पार्टीका विभिन्न समितिको निर्वाचन केन्द्रित बैठकको एक हिस्सा हो ।
मंसिर २० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आवश्यक रणनीति तय गर्न पार्टीले शृङ्खलाबद्ध बैठकहरू गर्दै आएको छ ।
स्थायी, पोलिटब्युरो, केन्द्रीय समिति र केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक भदौ २८ गते बस्ने एमालेले जनाएको छ ।
नेकपा एमालेको स्थायी कमिटीको बैठक मंगलबार बसेको छ ।
त्यसैगरी पार्टीको केन्द्रीय निर्वाचन परिचालन आयोगको बैठक भदौ २८ गते बस्नेछ ।
एमालेले पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
बिहीबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको पोलिटब्युरो बैठकमा एमाले अध्यक्ष केपी ओलीले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा अनुमोदनका लागि पेस हुनेछ ।