नेतृत्वकै कारण कांग्रेसमा बेथिति : कांग्रेस नेता सिंह

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवासहितका नेतृत्वले पार्टीलाई बेथितीमा राखेको आरोप लगाएका छन् । आइतबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिंहले १३ औँ महाधिवेशनबाट चुनिएका पदाधिकारी र पार्टी सभापतिले नेपाली काँग्रेसलाई बेथितीमा राखेको आरोप लगाएका हसन् । उनले पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्वमा कब्जा गर्ने निहित उद्देश्यले अहिले पार्टीलाई नै अस्तव्यस्त पारेको बताउँदै कांग्रेसलाई सबल बनाउन र गुटबन्दीबाट मुक्त गर्नु अहिलेको आवश्यक्ता भएको बताए । उनले पार्टी सभापति देउवा काँग्रेसलाई गतिशिल बनाउन असक्षम सावित भईरहेको आरोप लगाए । नेता सिंहले मधेशमा नागरिकता दिन ढिलासुस्ति गरिएको बताउँदै यसलाई समाधान गर्न संविधानको मर्म र ऐनअनुरुप काम गर्नुपर्ने बताए । उनले नेपाली काँग्रेसको अहिलेसम्मको इतिहास हेर्दा १४ औँ राष्ट्रिय महाधिवेशन जस्तो किचलो र अस्तव्यस्त कहिल्यै नभएको बताउँदै अझै पनि दुई वटा जिल्लामा क्रियाशील सदस्यताको टुंगो नलागेको बताए । नेता सिंहले मधेसमा देखिएको नागरिकता सहितको समस्याहरुलाई अविलम्ब सरकारले समाधान गर्नुपर्नेमा जोड दिँदै काँग्रेसको कमजोरीको कारणले कम्युनिष्ट सत्तामा आएको र अहिले पनि काँग्रेसले आफ्नो आचरणमा सुधार गर्नुपर्ने बताए । पदाधिकारीहरुले महाधिवेशनलाई सामान्य रुपमा लिएर चार/चार पटक मिति परिवर्तन गरेको भन्दै उनले अब कुनै हालतमा पनि मिति सार्न नदिने दाबी गरे । आफ्नो स्वार्थ पूरा गर्नकै लागि हुँदै नभएको क्रियाशील सदस्यताको विवाद चर्काइएको नेता सिंहले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्