नेप्सेमा राम्रो देखिएन शुरुवाती संकेत

Machchapuchchre

अर्थ राजनीति  ~ लगातार चार दिनसम्म बन्द रहेर मंगलबार साताको पहिलो कारोबार शरु गरेको नेप्सेमा प्रारम्भिक उत्तारचढाव देखिएको छ । प्रि–ओपनिङ सेसनमा ५ अंकले बढेको नेप्से कारोबारबारको पहिलो १० मिनेटमा लगभग ६ अंकको गिरावट आएको छ ।  नेप्से ११.७० अंकले घटेर तीन हजार ६९ दशमलब १९ विन्दुमा पुगेको छ । साथै, डेढ अर्बको कारोबार भइसकेको छ । मंगलबार उत्साहजनकरुपमा बजार खुल्ने अपेक्षा आम कारोबारीहरुले गरिरहेका थिए । निककै लामो समयदेखि बुलिस ट्रेन्डमा रहेको बजार कतै अव करेक्सनतिर लाग्न थालेको होइन भन्ने आशंका मंगलबारको शुरुवाती कारोबारले देखाएको छ । त्यसो त अघिल्लो हप्ता बिहिबार उल्लेख्य कारोबार भएको छ । कारोबार रकमको आधारमा लगानीकर्ताहरुले बजारले अझै केहि समय गति कायम राख्ने अनुमान गरेका थिए । तर, त्यसको विपरित संकेत मंगलबारको बजारमा देखिन थालेको हो । हुन त राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति पछि बजारले कन्फिडेन्स गुमाउने टिप्पणी देशको सम्पूर्ण उद्योगी व्यापारीहरुको संस्थाहरुले समेत गरिसकेको थिए । त्यसैले कतै ठुला लगानीकर्ताहरुले बजारलाई कायमै राख्न ध्यान नदिएका त होइनन् भन्ने आशंका बढेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्