कर नर्तिनेको घर-आँगन र कार्यालयमा पञ्चेबाजासहित नाचगान गरिने

Machchapuchchre

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाले सम्पत्ति कर नतिर्नेहरुको घर आँगन तथा कार्यालय परिसरमा पञ्चेबाजा बजाउने भएको छ । महानगरपालिकाले यसअघि नै घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गरिसकेको छ । यसअघि २० जना करदाताको नाम सार्वजनिक गरेको थियो । तीमध्ये कर तिर्ने गरी प्रक्रियामा नआउने करदाताको कार्यालय तथा घर-आँगन परिसरमा बुधबारदेखि पञ्चेबाजा बजाउन लागिएको महानगरपालिकाका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले बताए । उनका अनुसार यि करदाताबाट करीब ७० करोड रुपैयाँ सम्पत्ति कर उठाउन बाँकी छ । ‘रचनात्मक ढंगले करदातालाई कर तिर्न आग्रह गर्न गर्न लगेका हौं,’ उनले भने,’पञ्चेबाजासँगै कर तिर्न आग्रह गर्दै नाचगान पनि हुन्छ ।’ उनले मौलिक बाजा बजाएर करदातालाई सचेत गर्न लागिएको हो । अधिकारीका अनुसार करदाताबारे जानकारी दिएर गीत तयार गर्न र पञ्चेबाजा बनाउन बालुजुको एक महिला पञ्चेबाजा समूहलाई जिम्मा दिइएको छ । ‘महिलाहरुको सूमहले पञ्चेबाजा बजाएर नाचगान गरेपछि महानगरपालिकाले माइकिङ गरेर कर तिर्न आह्वान गर्छ,’ उनले भने ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्