काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिने

Machchapuchchre
अर्थ राजनीति  ~  काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिने भएको छ । कोरोना संक्रमण र मृत्युदर बढ्दै जाँदा  जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा थपिने जनाएको हो । विविध कारणले संक्रमण बढिरहेकाले निषेधाज्ञा थप गर्न लागिएको प्रशासनको भनाइ छ । पछिल्लो साता थप गरिएको निषेधाज्ञामा राति ८ बजे पछि अत्यावश्यक वाहेकका सवारी साधन चल्न नदिने निर्णय भएको थियो ।संक्रमणदर बढेको भन्दै दोस्रोपटक कक्षा १२ को परीक्षा पनि स्थगित गरिएको छ । पछिल्लो साता थप गरिएको निषेधाज्ञा भोलि ८ गते मंगलबार राति १२ बजे सकिदैछ । निषेधाज्ञा सकिन एक वा दुई दिन अघि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्