अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्ष २०७८/७९ को मौद्रिक नीतिका लागि सरोकारवालाहरुबाट सुझाव माग गरेको छ । सरकारले जेठ १५ गते ल्याएको आगामी आर्थिक बर्ष २०७८/७९ का लागि बजेटको कार्यान्वयनका लागि आवश्यक हुने मौद्रिक नीतिका लागि राष्ट्र बैंकले सुझाव संकलन गर्न सुरु गरेको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, व्यावसायिक संगठन तथा सम्बद्ध सरोकारवालाहरुबाट सुझाव माग गरेको हो । बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ठेगाना [email protected] मा वा आर्थिक अनुसन्धान विभाग बालुवाटार काठमाडौंमा पत्राचार मार्फत समेत राय सुझाव पेश गर्न सकिनेछ । यसअघि औपचारिक कार्यक्रम आयोजना गरी सुझाव संकलन हुँदै आइरहेकोमा गत वर्षदेखि कोरोना संक्रमणको महामारीका कारण केन्द्रीय बैंकले इमेलमार्फत नै सुझाव संकलन गर्न थालेको हो ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति