निषेधाज्ञा बारे आज दिउँसो सिडिओहरूको बैठक बस्दै

Machchapuchchre

अर्थ राजनीति  ~  काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई खुकुलो बनाउन तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दै छ। बैठक आज दिउँसो बस्ने भनिएको छ। सीसीएमसीको बैठकले असार ७ पछि स्मार्ट लकडाउन गर्ने निर्णय गरेको थियो। तर प्रमुख जिल्ला अधिकारीहरु स्मार्ट लकडाउनको अर्थ अझै बुझ्न नसकेको बताएका छन्। जारी निषेधाज्ञा थप खुकुलो बनाउने सहमति प्रमुख जिल्ला अधिकारीहरुले गरे पनि तत्काल निषेधाज्ञा नहट्ने बताएका छन्। निषेधाज्ञालाई थप खुकुलो बनाउन भने असार ८ गतेदेखि होलसेल, फेन्सी, भाँडा पसल खुलाउने तयारी गरिएको छ। ग्राहकलाई बसेर खान नदिने सर्तमा खाजा र चिया पसल पनि खुलाउने बारे छलफल भएको बताइएको छ। सवारीसाधनमा जोर-विजोर नियम लागूसमेत हुनसक्ने बताइएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्