मेगा बैंक : ३० दिनका लागि २ लाख विना धितो ऋण

Machchapuchchre

 अर्थ राजनीति  ~  मेगा बैंकले आफ्ना ग्राहकहरुको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने योजना ल्याएको छ । बैंकले रकम तत्कालै उपलब्ध गराउने उद्देश्यले मेगा बैंकले एफ वन सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा यो कर्जा सुविधा ल्याएको जनाएको हो । यस सुविधामार्फत मेगा बैंकमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघ संस्था तथा कम्पनीका कर्मचारीहरुले ३० दिनसम्मका लागि अधिकतम २ लाख रुपैयाँ उपभोग गर्न सकिेन बैंकले जनाएको छ । बिना झन्झट, बिना धितो, बैंकमा उपस्थित नभई, बिना कुनै कागजात तत्कालै फोन मार्फत कर्जा पाइने भएकाले यो कर्जा सुविधा निकै छिटो र सहज हुने मेगा बैंकका डिजिटल तथा ई-बैंकिङ्ग प्रमुख विश्व सिंहले बताए । मेगा स्मार्ट बैंकिङ एपमार्फत अनलाइन आवेदन दिएको केही मिनेटमै ग्राहकलाई ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत खातामा कर्जा रकम जम्मा गरिनेछ भने कर्जा लिन इच्छुक ग्राहकहरुले बैंकको शाखा भ्रमण गर्नु नपर्ने र अन्य कुनै कागजी प्रक्रियाको झन्झट लिनु पर्दैन । कर्जाको लागि आवश्यक सम्पूर्ण प्रक्रिया अनलाइन मार्फत पुरा भएको अवस्थामा बैंकले तुरुन्त कर्जा प्रवाह गर्ने जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्