एमाले गएर मन्त्री बनेका माओवादी नेताको सांसद पद खोसियो

Machchapuchchre Bank

अर्थ राजनीति  ~  प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङलाई नेकपा माओवादी केन्द्रले सांसद पदबाट हटाएको छ। संसदीय दलको नेतृत्व छाडेर एमाले प्रदेश गर्दै मन्त्री बनेका आङ्बुहाङलाई माओवादी केन्द्रले सासद्बाट हटाएको हो। साबिक नेकपा विभाजनकै बेला उनले प्रचण्डको साथ छाडेर केपी ओली पक्षमा लागेका थिए। आङ्बुहाङलाई माओवादी केन्द्रले सोधेको स्पष्टीकरणको जवाफ नदिएकाले प्रदेश सभा सदस्य नरहेको जानकारी सचिवालयलाई गराउन लागिएको दलका नेता इन्द्र आङ्बोले बताए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्