एमालेको माधव–झलनाथ पक्षले बोलायो स्थायी कमिटी बैठक

Machchapuchchre

अर्थ राजनीति  ~  सत्तारुढ दल नेकपा एमालेका माधव–झलनाथ पक्षले आज शुक्रबार ११ बजे स्थायी कमिटी बैठक बोलाएको छ। आफ्ना पक्षका नेताहरुमाथि एकपछि अर्को गर्दै ओलीले कारबाही गर्न थालेपछि आगामी रणनीति बनाउन र छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको एक नेताले बताए । एमालेले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिना पार्टी सदस्यताबाटै निलम्बन गरेको छ। उनीहरुले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेका हुन्। एमालेको केन्द्रीय कमिटीको चैत ७ गतेको बैठकको निर्णयअनुसार महासचिव ईश्वर पोखरेलले नेपाल, रावल, पाण्डे र भुसाललाई स्पष्टीकरण सोधेका थिए। सर्वोच्च अदालतले नेकपामा आवद्ध एमाले र माओवादी केन्द्रलाई पहिल्यैको अवस्थामा फर्काइदिएपछि दुवैपक्ष आ–आफ्नो कित्तामा फर्किएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्