हामी ‘अर्थ राजनीति डटकम’ लिएर आयौँ’ (प्रकाशकीय)

Machchapuchchre

देशमा आर्थिक र राजनीतिक घटनाहरु घटिरहेका हुन्छन् । आर्थिक घटना र राजनीतिक घटना एक अर्काका परिपूरक हुन् । राजनीतिमा चासो राख्नेले आर्थिक र आर्थिक मुद्धामा चासो राख्नेले राजनीतिक कुराहरुमा पनि धेरै ध्यान दिइरहेका हुन्छन् । हाम्रो समग्रको बजार अनुसन्धानले अर्थ र राजनीतिलाई सँगै हेर्ने पाठकको संख्या बढेको देखाएको छ । त्यसैले हामी ‘अर्थ राजनीति डटकम’ लिएर तपाईंसमक्ष आएका छौं ।

पत्रकारिताको मूलभुत सिद्धान्तमा अडिएर हामी निर्भिक पत्रकारिता गर्नेछौं । देशका राजनीतिक घटना र आर्थिक घटनालाई जस्ताको तय्तई तपाईंसमक्ष ल्याउनेछौं । हाम्रो यो प्रयासलाई तपाईं पाठकहरुले माया गर्नुहुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।

उद्देश्य मात्र एक छ – स्वच्छ पत्रकारिता । सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा सहित सबैलाई धन्यवाद !

 

प्रकाशकीय

प्रकाशक

अर्थ राजनीति डटकम

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्