ओली समूहले आज सातै प्रदेशमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्दै

Machchapuchchre

अर्थ राजनीति ~ नेकपा ओली समूहले आज सातै प्रदेशमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । आगामी २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेको ओली समूहले आज सातै प्रदेशमा प्रशिक्षण गर्न लागेको छ । केपी शर्मा ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले सार्वजनिक गरेको नेताहरुको सूचीमा पूर्वमाओवादीबाट ओली समूहमा गएका टोपबहादुर रायमाझीको नाम गण्डकी र बागमती प्रदेश दुवैमा छ । मणि चन्द्र थापाको नाम लुम्बिनी र सुदूरपश्चिम प्रदेश दुवैमा छ । प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि विभिन्न नेताहरूलाई जिम्मेवारी तोकिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्