सरकारले बेलायतबाट नेपाल आउने यात्रुलाई प्रवेशमा रोक

Machchapuchchre

अर्थ राजनीति ~ सरकारले बेलायतबाट नेपाल आउने यात्रुलाई प्रवेशमा रोक लगाएको छ । पुस १ गतेपछि नेपाल प्रवेश गरेकालाई अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्न पनि सरकारले आग्रह गरेको छ । कोभिड-१९ नियन्त्रण तथा रोकथामसम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले प्रवेश रोक लगाउने निर्णय गरेको हो । समितिले अन्य देशबाट बेलायत ट्रान्जिट हुँदै आउन समेत रोक लगाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्