त्रिवि शिक्षण अस्पताललाई महानगरपालिकाले ७ करोड ५० लाख रुपैयाँ बराबरका १२८ स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन खरिद गर्न सहयोग गर्ने

Machchapuchchre

अर्थ राजनीति ~ काठमाडौं महानगरपालिकाले त्रिवि शिक्षण अस्पताललाई सीटी स्क्यान मेसिन किन्नको लागि साढे ७ करोड अनुदान दिने भएको छ । अस्पतालमा अत्याधुनिक सीटी स्क्यान मेसिन खरिदका लागि आर्थिक अनुदान दिने सम्बन्धमा मंगलबार सम्झौता भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको उपस्थितिमा मेयर विद्यासुन्दर शाक्य र अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर दिनेश काफ्लेबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । सम्झौता अनुसार  महानगरपालिकाले ७ करोड ५० लाख रुपैयाँ बराबरका १२८ स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन खरिद गर्न सहयोग गर्ने भएको  छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्